Thursday, April 02, 2020
Home > मुख्य समाचार > मन्त्री पण्डितको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन

मन्त्री पण्डितको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै आज काठमाडौंमा प्रर्दशन गरिएको छ ।

समानुपातिक,समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो । प्रर्दशनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दवाव दिएका छन । लोक सेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन संविधानको भावना अनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिट समेत दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *