Wednesday, May 27, 2020
Home > मुख्य समाचार > प्रदेश एकले पाएन चौध सय कर्मचारी

प्रदेश एकले पाएन चौध सय कर्मचारी

सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेश–१ ले आवश्यक कर्मचारी अझै पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश एकमा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परेको प्रमुख सचिव सुरेश अधिकारीले बताउनुभयो । प्रदेश १ मा अझै १ हजार ४ सय कर्मचारी अभाव छ । तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायतका कर्मचारीको अभाव बढी भएको प्रदेशका प्रमुख सचिव अधिकारीले बताउनुभयो ।
अधिकारीले असार मसान्त सकिएपछि कर्मचारी विदा बस्ने परिपाटीको अन्त्य गर्न लागिएको बताउनुभयो । साउन लागेपछि कर्मचारीले घर परिवार भेटघाटका लागि विदा लिने प्रवृति रहेको बताउँदै प्रदेश सरकार एक्सन प्लान बनाउनतिर लागिरहेको जानकारी पनि दिनुभयो । प्रदेश सरकार संस्थागत हुन १ वर्ष लागेको भए पनि अब तीब्र गतिका साथ काम हुने अधिकारीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *