Monday, August 19, 2019
Home > मुख्य समाचार > अज्ञान समुहद्वारा एनसेल टावरमा आगजनी प्रयास

अज्ञान समुहद्वारा एनसेल टावरमा आगजनी प्रयास

झापा । अज्ञात समूहले झापामा फेरि एनसेल टावरमा आगजनीको प्रयास गरेको छ । झापाको अर्जुनधारा नगरपालिका १० स्थित कालिकास्थानमा रहेको एनसेल टावरमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टावर बाहिर जुटको बोरामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गएको मध्यरात अज्ञात समूहले टावरमा आगजनीको प्रयास गरेका थिए ।
आगजनीले टावर नजिकै भुँइमा बिच्छ्याइएको तारमा केही क्षति पुगेको प्रहरीले जनाएको छ । यसअघि मंगलवार राति पनि अज्ञात समूहले भद्रपुर र दमकमा रहेका दुई वटा एकसेलको टावरमा आगजनीको प्रयास गरेको थियो । भद्रपुर नगरपालिका– ३ स्थित गोले चोक र दमक नगरपालिका – १ मामा चोक नजिकै रहेका एनसेलको टावरमा आजगजीको प्रयास भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *