Monday, August 19, 2019
Home > खेलकुद समाचार > ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक

‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । फिफाले हिजो सार्वजनिक गरेको पुरुषतर्फको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी अटाएका छन् । यो सूचीमा ब्राजिलका नेयमार र क्रोएसियाका लुका मोड्रिक भने छैनन् । फिफाको मनोनयनमा नेदरल्याण्ड्सका डी योङ फ्रेंकी, म्याटियास डे लिट र भर्जिल भन डाइक, बेल्जीयमका इडिन हाजार्ड, इंग्ल्याण्डका ह्यारी केन, सेनेगलका सादियो माने, फ्रान्सका किलियन एमबाप्पे र इजिप्टका मोहमद सलाह रहेका छन् । म्यान्चेष्टर सिटीलाई गत सिजनको प्रिमियर लिग जिताएका कुनै खेलाडीले फिफाको शीर्ष १० खेलाडीमा स्थान बनाउन सकेनन् । च्याम्पियन्स लिगमा लिभरपुललाई उपाधि जिताएका भान डाईक, माने र सलाहाले बर्ष खेलाडीको मनोनयनमा आफुलाई पार्न सफल भए । मनोनयनमा प्रिमियर लिग खेल्ने ४ खेलाडी अटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *