Monday, August 19, 2019
Home > मुख्य समाचार > बैठक अबरुद्ध हुदाको समेत बैठक भत्ता लिदै सांसद

बैठक अबरुद्ध हुदाको समेत बैठक भत्ता लिदै सांसद

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नका लागि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको छ । प्रतिनिधिसभाको बैठक संञ्चालनकालागि आवश्यक पुर्व तयारी देखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ । यो बैठक कार्यकक्ष सरसफाई, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको बार्षिक भाडा, पानी बिजुली लगायतमा हुने खर्चहरुको एक मुष्ठ रकम हो । बैठक बस्ने दिन मर्यादापालक लगायत सचिवालयका अन्य कर्मचारीहरु आधा घण्टा अघि देखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ ।  बैठकका पुर्व तयारी देखि सांसदहरुलाई उपलब्ध गराउने समेत गरि प्रतिबैठक दैनिक ७ लाख रुपैया खर्च भईरहेको संघीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो । बैठक अवरुद्ध हुदा पनि सचिवालयको यो खर्चमा भने कमि आउँदैन । बैठक अवरुद्ध भएपनि सचिवालयले सांसदहरुलाई बैठक भत्ता वापत एकहजार र यातायात बापत १ हजार गरिप्रति सांसद २ हजार रुपैया उपलब्ध गराउनुपर्ने हुन्छ । संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानी लगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *