Sunday, December 15, 2019
Home > खेलकुद समाचार > अन्तत: सन्दीप लामिछानेले अमेरिकी भिसा पाए

अन्तत: सन्दीप लामिछानेले अमेरिकी भिसा पाए

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अन्तत नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

आज विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्ता लगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जानका लागि अमेरिकाको भिसा आवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *