Sunday, December 15, 2019
Home > राष्ट्रिय समाचार > पतञ्जली योग सेवा समिति मोरङद्धारा योग शिविर सञ्चालन

पतञ्जली योग सेवा समिति मोरङद्धारा योग शिविर सञ्चालन

विराटनगर । पतञ्जली योग सेवा समिति मोरङले योग शिविर सञ्चालन गरेको छ ।

योग गरौं निरोग रहौ भन्ने मूल नाराका साथ समितिले आजदेखि १५ दिने मोटोपना घटाउने योग शिविर सञ्चालन गरेको हो । पछिल्लो समय मोटोपनका कारण मानिसमा खुट्टा, ढाडलगायतका समस्या देखिनु साथै डाइविटिज, प्रेसरलगायतका बिरामी बढेपछि प्रदेश सरकारको सहयोगमा १५ दिने शिविरको संचालन गरिएको प्रशिक्षक ध्रुव तामाङले जानकारी दिनुभयो । शिविरको उद्घाटन गर्दै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ ले स्वास्थ्य जीवन अभियान भनेर अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले भान्सालाई औषधालयको रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो । खानपिन, हिंडडुल, आहार व्यवहारमा परिवर्तन आवश्यक रहेकोमो जोड दिनुभयो । १५ दिने मोटोपन घटाउने शिविरबाट ५ किलोसम्म तौल घटाउन सकिने कार्यक्रममा जानकारी दिइएको छ । तर यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *