Sunday, December 15, 2019
Home > खेलकुद समाचार > झापामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ आयोजना हुने

झापामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ आयोजना हुने

झापा । झापाको बिर्तामोड रहेको जायोन स्पोर्टस् क्लबले विदेशी टिम सम्मिलित स्तरीय गोल्डकप आयोजना गर्ने भएको छ । आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ आयोजना हुन लागेको हो । विगत २ वर्षदेखि खेलकुद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबले दुई विदेशी टिम र चार वटा ए डिभिजन क्लबसहित आठ वटा टिम गोल्डकपमा सहभागी हुने मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विजेतालाई १२ लाख रुपैयाँ प्रदान गरिने प्रतियोगिताको उपविजेतालाई छ लाख २५ हजारसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले बताउनुभयो । त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने भएको छ । आयोजकका प्रवक्ता अविनाश राईले प्रदेश १ मै प्रतिष्ठित गोल्डकपको रुपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।  पत्रकार सम्मेलनमा गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ब्राण्ड एम्बासेडर नियुक्त गरिएको छ । गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि प्रायोजकको खोजी भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *