Sunday, December 15, 2019
Home > राष्ट्रिय समाचार > नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधव कुमार नेपाल , विष्णु पौडेल, राम बहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ । विहिबारका लागि बोलाईएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाईएको थियो । शुक्रबार ३ बजेका लागि बोलाईएको बैठक बिहान ११ बजेका लागि सारिएको हो । बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने तथा स्कूल विभागको जिम्मेवारी तोक्ने छलफल हुने बताईएको छ । स्कूल विभागको जिम्मेवारी लिनका लागि रक्षा मन्त्री ईश्वर पोख्रेल, नारायणकाजी र घनश्याम भुसालले दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *