Monday, August 19, 2019
Home > खेलकुद समाचार > माल्दिभ्स भलिबल टोली नेपालमा

माल्दिभ्स भलिबल टोली नेपालमा

काठमाडौं । एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको लागि माल्दिभ्स भलिबल टोली आज नेपाल आइपुगेको छ ।

माल्दिभ्स भलिबल बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टोलीलाई स्वागत गर्न नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीहरु विमानस्थल पुग्नु भएको थियो । आजै अन्य तीन टोली पनि नेपाल आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ । बंगलादेश, किर्गिस्तान र तुर्किमिनिस्तान आजै तथा उज्वेकिस्तान भने आइतबार आईपुग्ने संघले जनाएको छ । च्याम्पियनसिपको लागि अफगानिस्तानको टोली मंगलबार आइपुगेको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *