Sunday, December 15, 2019
Home > मुख्य समाचार > विद्युतीय धरापमा परी झापामा एक वृद्धाको मृत्यु

विद्युतीय धरापमा परी झापामा एक वृद्धाको मृत्यु

झापा । जङ्गली हात्ती नियन्त्रणमा लागि लगाइएको विद्युतीय धरापमा परी झापामा एक वृद्धाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ स्थित माथिल्लो मागुरमाडी बस्ने ६० वर्षीय वृद्धा गङ्गा थपलिया रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार आफ्नै घरको पछाडि पट्टीको खेतबारीमा जङ्गली हात्ती नियन्त्रणका लागि लगाइएको बिजुलीको तारमा वृद्धा थपलियालाई बिहीबार राती करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । यता करेन्ट लागेर मृत्युका भएका वृद्धाको कानुनी प्रक्रिया पुरा इलाका प्रहरी कार्यालय धुलाबारीले शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *