Friday, November 27, 2020
Home > मुख्य समाचार > नेकपाले पार्टी विभागहरुको नेतृत्व टुंगो लगायो

नेकपाले पार्टी विभागहरुको नेतृत्व टुंगो लगायो

काठमाडौं । लामो समयको छलफल पछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले बिभागहरुको नेतृत्व टुंगो लगाएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी भित्रका सबै ३३ वटा विभागको टुंगो लगाएको हो । पार्टीको संगठन बिभाग र स्कूल विभागमा सचिवालय भित्रबाट नै आकांक्षी धेरै भए पछि टुंगो लाग्न सकेको थिएन । आजको बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी सचिवालय सदस्य ईश्वर पोखरेललाई दिएको छ भने पार्टी संगठन विभागको जिम्मा बामदेव गौतमले पाउनु भएको छ । पार्टीको स्कूल विभागमा दाबी गर्नुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रचार बिभाग पाउनु भएको छ । आजको सचिवालय बैठकले विदेश विभाग प्रमुखमा माधव नेपाल, अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनु भयो ।

सचिवालयले आज टुंगो लगाएको ३३ वटा बिभाग मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी दिएको छ । यस्तै सचिवालय बैठकले संगठन विभाग प्रमुख बनाइनु भएका नेता गौतमलाई पार्टीको उपाध्यक्षको प्रस्ताव गरेको छ । यसको निर्णय भने पार्टी स्थायी समितिको बैठकले गर्नेछ । नेकपाको ५वटा निकाय,जनवर्गिय संगठनको इन्चार्ज र सहइन्चार्ज,बिभिन्न सम्पर्क समन्वय कमिटिहरुको प्रमुख,विशेष प्रदेश कमिटिको इन्चार्ज लगायतको प्रमुखहरु तोक्न बाँकी छ । सचिवालयको अर्को बैठक भोलि ४ बजे बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *