Wednesday, October 21, 2020
Home > मुख्य समाचार > राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा

राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा

बिराटनगर/विराटनगरमा आयोजना हुने ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ ७ गते आयोजना हुने रथयात्राको ५२ औं श्रृंखला भब्यरुपमा सम्पन्न गर्न सरोकारवाला लागि परेका छन । विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यतिखेर रथले परिक्रमा गर्ने मेनरोड र कोशीराजमार्गका खाल्डाखुल्डीहरु पुर्ने र सडक मर्मत गर्ने कार्य तीब्ररुपमा अघि बढाइएको छ भने रथलाई रंगरोगन गर्ने काम भइरहेको छ । रथयात्रा सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिसकिएको आयोजक समितिले जनाएको छ । मन्दिर परिसरबाट निकालिने रथले नगरक्षेत्रको बिभिन्न ४० ठांउमा बिश्राम लिने छ । रथ संचालन हुनु अगाबै सडकमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ । सांस्कृतिक झांकीमा सतार, सन्थाल, मुडियारी, डांडिया र नौमति बाजासहित विभिन्न जातिय संघसंस्थाले सहभागिता जनाउने छन् । ३ बजे मन्दिर परिसरबाट प्रस्थान हुने रथले ४ घण्टाको अबधिमा विराटनगरको ८ किलोमिटर सडक खण्डको परिक्रमा गर्नेछ । रथयात्रालाई सफलतापुर्वक सम्पन्न गर्न आम नगरवासीसहित श्रद्धालुहरुको सहयोग अपरिहार्य रहेको आयोजक समितिका अध्यक्ष
रथ यात्रामा भारतको बिहार, सिक्कीम, दार्जिलिङ, आसाम तथा नेपालका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहने गरेको छ । रथयात्रामा नगर परिक्रमा गराइने भगवान श्रीराधाकृष्णको मुर्ती मन्दिर परिसरकै एउटा कोठामा सुरक्षित राखिने गरेको छ । रथयात्राको दिन मात्र निकालिने मुर्ती रथयात्रा समापन भएपछि तीनदिनसम्म पुजापाठकालागि बाहिर राखिने गरेपनि अन्य समयमा शयन मुद्रामा राखिने गरेको छ । विराटनगरका केही समाजसेवी र श्रद्धालुहरुले वि.सं. १९८८ मा शुरु गरेको खटयात्राले अहिले भब्य रथा यात्राको रुप लिएको छ । विक्रम संम्बत २०२५ सालदेखि खट यात्रालाई रथ यात्राकोे रुपमा मनाउन थालिएको हो । सुरुमा शंख बजाएर रथयात्रा सुरु भएको शंखघोष गरिनेछ भने त्यसपछि लाखे, दर्जनौं जातिय नृत्य तथा कलश बोकेका महिलाहरु, वेद पाठ, पञ्चेबाजाका साथ भव्य रुपमा रथयात्रा सम्पन्न गर्ने समितिको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *