Thursday, June 04, 2020
Home > खेलकुद समाचार > बार्सिलोनाले ब्राजिली स्टार नेयमारलाई लोनमा क्लबमा अनुबन्धन गर्ने

बार्सिलोनाले ब्राजिली स्टार नेयमारलाई लोनमा क्लबमा अनुबन्धन गर्ने

एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाले ब्राजिली स्टार नेयमारलाई लोनमा क्लबमा अनुबन्धन गर्ने तयारी गरेको छ ।

बार्सिलोनाले आगामी दिनमा किन्ने शर्त सहित नेयमारलाई लोनमा ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरेको हो । ब्राजिली स्टार नेयमार पछिल्लो समय नाउ क्याम्पसंग जोडिएका छन् । तर बार्सिलोनाले अहिलेसम्म कुनै औपचारिक प्रस्ताव भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग राखेको छैन । २७ बर्षका ब्राजिली स्टारलाई पीएसजीले नयाँ सिजनको दोस्रो खेलमा समेत टिम बाहिर राखेको थियो । नेयमारको अनिश्चित भविष्यलाई लिएर क्लबले सिजनको सुरुवाती दुई खेलमा सहभागी नगराएको हो । फ्रान्सेली लिग वानले पछिल्लो समय नेयमारलाई बेच्ने तयारी गरेको छ । उसले सन् २०१७ मा नेयमारलाई २ सय मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *