Sunday, August 09, 2020
Home > मुख्य समाचार > राष्ट्रिय योजना आयोगका एक कर्मचारीद्धारा कार्यालयभित्रै आत्महत्या

राष्ट्रिय योजना आयोगका एक कर्मचारीद्धारा कार्यालयभित्रै आत्महत्या

काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारीले विष सेवन गरी आत्महत्या गरेका छन् ।

सिंहदरबारभित्र रहेको राष्ट्रिय योजना आयोग कार्यालयभित्र नायब सुब्बा बच्चु केसीले वीष सेवन गरि आत्महत्या गरेका हुन् । मृतक केसीलाई आज आयोगका कर्मचारीले सानो सभाहलभित्र मृत अवस्थामा फेला पारेका थिए । मृत अवस्थामा फेला परेका केसीले सोमबार कार्यालय समयपछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग आएको महानगरीय वृत सिंहदरबारका प्रमुख कौशलकुमार बुढाथोकीले सुसाइड नोट भेटिएको जानकारी दिनुभएको छ । तर नोटमा लेखिएको कुराको भने औपचारिक रुपमा जानकारी गराइएको छैन । सोमबार बिहान कार्यालय आएपछि घर नगएको कुरा परिवारले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *