Monday, January 18, 2021
Home > खेलकुद समाचार > चोट मुक्त भएपछी मेस्सी प्रशिक्षणमा

चोट मुक्त भएपछी मेस्सी प्रशिक्षणमा

बार्सिलोनाका कप्तान लियोनल मेस्सी चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । खुट्टाको पिडुलाको चोट बोकेका मेस्सी एक साताको विश्रामपछि प्रशिक्षणमा फर्किएका हुन् । मेस्सीले बुधबार टिममा सामेल हुँदै प्रशिक्षण गरेका थिए । मेस्सीले गत साता प्रशिक्षणको दौरान पिडुलाको चोट बोकेका थिए । जसको कारण उनले स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेल समेत गुमाएका थिए । मेस्सीबिनाको बार्सिलोनाले सिजनको पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १–० को हार व्यहोरेको थियो । मेस्सी चोट मुक्त हुँदै टिममा फर्किएपछि बार्सिलोनालाई केहि राहत मिलेको छ । सिजनको सुरुवातमै बार्सिलोनालाई चोटले सताएको छ । बार्सिलोनाका लुइस स्वारेज र ओसुमाने डेम्बेले चोटका कारण मैदान बाहिर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *