Friday, April 03, 2020
Home > खेलकुद समाचार > एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झर्यो

एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झर्यो

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरियतामा नेपाल एक स्थान झरेको हो । एक स्थान तल झरेको नेपाल १६ औं स्थानमा पुगेको छ । अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १९ रेटीङ पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अपिफ्रका रहेका छन् । आईसीसी टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *