Thursday, September 24, 2020
Home > मुख्य समाचार > कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा काँग्रेस सांसदको चिन्ता

कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा काँग्रेस सांसदको चिन्ता

काठमाण्डौ । राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसदले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुख ब्यक्त गरेका छन । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टी भित्र दुई शीर्ष नेताहरु बीच भएको संवाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताउनु भयो ।

यस किसिमको ब्यबहार र संवादको शैलीले राजनैतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता ब्यक्त गर्नु भयो । देशको आवश्यकता समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने र त्यो नभए मुद्दा केन्द्रित एकता हुनुपर्ने समयमा दल भित्रको किचलोले समृद्धि तपÞर्m बढन बाधा पुग्ने बताउनु भयो । यस्तै आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद बलराम बास्कोटाले पारस शाहले अन्तराष्ट्रिय बिमांनस्थलमा प्रहरी माथि गरेको दुब्र्यबहारमा किन कारबाही नगरेको भन्दै सरकार सँग रोष प्रकट गर्नु भयो । उहाँले रवि लामिछाने प्रकरणमा विभिन्न सामाजिक संजालमा अवान्छित गतिबिधि हुदा प्रशासनलाई कानुन कार्यान्वयन गर्न के कारणले रोक्यो भनेर आक्रोश पनि ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *