Friday, April 03, 2020
Home > खेलकुद समाचार > विल्फ्रिड जाहालाई अनुबन्ध गर्ने पीएसजीको तयारी

विल्फ्रिड जाहालाई अनुबन्ध गर्ने पीएसजीको तयारी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इग्लिश क्लब क्रिस्टल प्यालेसका विल्फ्रिड जाहालाई अनुबन्ध गर्न तयारी थालेको छ ।
स्टार फरवार्ड नेयमारले क्लब छाड्ने तयारी गरेसँगै पीएसजीले उनको स्थानमा जाहालाई ल्याउने तयारी थालेको हो । पीएसजीले जाहा अनुबन्धको लागि आफ्ना प्रतिनिधिलाई लण्डन पठाएको मिरर अनलाइनले जनाएको छ । पीएसजीले आइभरी कोस्टका २६ वर्षे जाहाको लागि सय मिलियन पाउण्ड खर्चने बताईएको छ । युरोपियन ट्रान्सफर विन्डो सकिन एक साता बाँकी रहदा पीएसजीले जाहा अनुबन्धको तयारी गरेको हो । ब्राजिलियन फरवार्ड नेयमार अनुबन्धको लागि पछिल्लो समय दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिड लागिपरेका छन् । यस्तै इटालियन क्लब युभेन्ट्सले पनि इच्छा देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *