Sunday, March 29, 2020
Home > मुख्य समाचार > पहिलो पटक भिडियो कन्फेरेन्स मार्फत मन्त्रीपरिषद बैठक बस्दै

पहिलो पटक भिडियो कन्फेरेन्स मार्फत मन्त्रीपरिषद बैठक बस्दै

काठमाण्डौ । मन्त्रीपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नुहुनेछ ।
सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नुहुने भएको हो । आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो । प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य अवस्थामा रहेको उनका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *