Monday, September 23, 2019
Home > खेलकुद समाचार > इनरुवामा दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने

इनरुवामा दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने

सुनसरी । सुनसरीको इनरुवामा दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

फुलबारी क्रिकेट क्लबले असोजको ४ गतेबाट मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो। आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । नगर प्रमुख राजन मेहताले पत्रकार सम्मेलनका बीच खेलको जर्सी समेत सार्वजनिक गर्नु भएको छ । प्रतियोगितालाई आधुनिक शैलीमा रुपान्तरण गरी संचालनमा ल्याउन लागिएको आयोजक संस्थाका अध्यक्ष शिबु यादवले बताउनु भएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार असोज १८ गते सम्म चल्ने प्रतियोगितामा तीन बिभागीय सहित १६ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको बिजेताले ट्रफी सहित दुई लाख १ हजार पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले १ लाख १ हजार पाउने छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटकको प्रतियोगितामा मैदानमा अत्याधुनिक लाइटको व्यवस्थासहित आइपीएल एलईडी स्टम्प, लोगोसहितको बलका साथै चेयर्स गर्लसको समेत प्रयोग गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *