Friday, November 15, 2019
Home > मुख्य समाचार > संविधान कार्यान्वयनमा पार्टीले अन्तिम समयसम्म प्रयास गर्छ ः अध्यक्ष दाहाल

संविधान कार्यान्वयनमा पार्टीले अन्तिम समयसम्म प्रयास गर्छ ः अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताउनु भएको छ ।
अध्यक्ष दाहालले संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा पनि आफ्नो पार्टी लागि परेको दावी गर्दै त्यसमा साथ दिन सबै समूदायलाई अपिल समेत गर्नु भयो । काठमाडौंमा सुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उहाँले दलित मुक्ति आन्दोलन दीर्घकालीन आन्दोलन पनि भएकाले यसमा उत्पीडित समूदायले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । संविधानले दलितमुक्तिको परिकल्पना गरेको भएपनि त्यसलाई कार्यान्वयनमा लैजान उनीहरु आफैं चनासो हुनुपर्ने अध्यक्ष दाहालको भनाई छ ।
कार्यक्रममा समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दलित समूदायको अधिकार सुनिश्चित गर्न उनीहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारसँग माग गर्नु भयो । उहाँले सुकुम्बासी दलितहरुलाई तत्काल जमिनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
अध्यक्ष भट्टराईले हिन्दु धर्मले जातपातको प्रथालाई प्राथमिकता दिएकाले पनि नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको तर्क गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *