Monday, September 23, 2019
Home > खेलकुद समाचार > सेरेना विलियम्स यूएस ओपन टेनिसको फाइनलमा

सेरेना विलियम्स यूएस ओपन टेनिसको फाइनलमा

अमेरिकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
आज बिहान भएको खेलमा इलिना भिटोलिनालाई पराजित गर्दै सेरेना १० औं पटक घरेलु कोर्टमा जारी यूएस ओपनको फाइनलमा पुग्न सफल भइन । सेरेनाले भिटोलिनालाई ६–३ र ६–१ को सेटमा हराइन् । एकतर्फी बनेको खेलमा सेरेनाले पहिलो सेट ६–३ ले जितेकी थिइन् । तर दोस्रो सेटमा अर्को साता २४ वर्ष पुग्ने भिटोलिनाले सुरुवातामा नै एक पोइन्ट जोडे पनि त्यसपछि थप अंक जोड्न सकिनन् । उनले सेरेनाविरुद्ध दोस्रो सेटमा जति प्रयास गरे पनि सफल भइनन् । जसका कारण सेरेनाले दोस्रो सेट ६–१ ले जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *