Sunday, March 29, 2020
Home > राष्ट्रिय समाचार > राउण्ड टेवलद्धारा विद्यालयलाई कम्प्यूटर हस्तारण

राउण्ड टेवलद्धारा विद्यालयलाई कम्प्यूटर हस्तारण

मोरङ । राउण्ड टेवल नेपालले विराटनगरस्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयलाई एक लाख पचास हजार मुल्य वरावरका कम्प्यूटर हस्तारण गरेको छ ।

विराटनगर ८ हाटखोला स्थित सुशिक्षा निकुञ्ज आधारभुत विद्यालयलाई आज राउण्ड टेवल नेपालले कम्प्यूटर हस्तारण गरेको हो । राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष सौरभ केडियाको नेतृत्वमा गएको टोलीले ४ थान कम्प्यूटर, २ थाना पखा, ६ थान ह्वाइट वोर्ड र १५ वटा प्लाष्टीकका कुर्सी हस्तारण गरेको छ । राउण्ड टेवलका सदस्यहरुवाट सक्लन गरी उठाएको रकमबाट उक्त सामग्री खरिद गरी विद्यालयलाई हस्तारण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । विद्यालयका बाल–बालिकाहरुलाई प्राविधिक शिक्षामा दक्ष बनाउने उद्देश्यले कम्प्यूटर हस्तारण गरिएको जनाइएको छ । यसअघि मोरङकै बुढीगंगा ३ मुढेरीस्थित श्रीदेश कल्याण आधारभूत विद्यालयमा राउण्ड टेवल नेपालद्वारा २०६७ सालमा निर्मित ४ कोठे भवन पुनःरंङरोगन गरी अध्यक्ष केडियाले विद्यालयलाई हस्तान्तरण गर्नुभयो । त्यसैगरी विद्यालयका २ सय बढि विद्यार्थीलाई वाटर बोटल वितरण गरिएको थियो । कार्यक्रममा राउण्डटेबेल नेपालका सम्पादक स्वतन्त्र नेवटिया, एरिया २ का कोअर्डिनेटर शनि अग्रवाल एवं राउण्ड टेवल ११ का अध्यक्ष पवन पारखको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *