Monday, September 23, 2019
Home > खेलकुद समाचार > नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
आज बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । हारसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त भएको छ । कोलम्बोमा नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४९ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई पराजित गरेसँगै बंगलादेशले समूह ुबीु बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । नेपाल तेस्रो स्थानमा रहेको छ । यस समूहबाट श्रीलंकाले पनि सेमिफाइनलमा स्थान बनाएको छ । आजै भएको खेलमा श्रीलंकाले युएईलाई ५२ रनले हराएको छ । श्रीलंकाले २ खेलबाट ४ अंक जोडेको छ । अब नेपालले अन्तिम खेलमा बुधबार युएईसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *