Tuesday, August 04, 2020
Home > राष्ट्रिय समाचार > अबैध सामान बरामद

अबैध सामान बरामद

रंगेली । इलाका प्रहरी कार्यालय रंगेलीले भन्सार छलेर नेपाल भित्र्याएको करिव १ लाख ५० हजार मुल्य बराबरको अबैध सामान बरामद गरी आज सार्वजनिक गरेको छ ।

दक्र्षिणपूर्वी मोरङको विभिन्न नाकाबाट अबैध रुपमा नेपाल भित्राएको चिनी, लत्ताकपडा, सुर्ति, खाद्यान्न लगायतका सामान बरामद गरी सार्वजनिक गरेको हो ।रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहालका अनुसार राजश्व छली लुकीछुपी साइकलमा नेपाल भित्राएको अबस्थामा समान नियन्त्रणमा लिइएको बताउनुभयो । प्रहरीले करिव ८ सय लिटर अबैध घरेलु मदिरा समेत बरामद गरेको छ । यस्तै प्रहरीले रंगेलीबाट ४० प्याकेट नक्कली खुकुरी चुरोट समेत बरामद गरेको छ । बरामद गरिएका सामग्री विराटनगर भन्सार कार्यालयमा बुझाईने प्रहरीले प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *