Monday, September 23, 2019
Home > आर्थिक समाचार > भदौ २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने

भदौ २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने

काठमाडौं । काठमाडौंमा यही भदौ २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ ।

नेपाल उद्योग परिसंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ भने दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान स्योङ सू किनोट स्पीकरको रुपमा सहभागी हुनुहुनेछ । परिसंघका अध्यक्ष सतिसकुमार मोरले सो सम्मेलनमा विशिष्ट स्पीकरको रुपमा भारतका युनियन स्टेट मिनिष्टर आरके सिंहले सम्बोधन गर्नु हुने जानकारी दिनु भयो । सम्मेलनमा सबै प्रदेशका मुख्यमन्त्रीहरु, योजना आयोगका पदाधिकारी पनि सहभागी हुनेछन । प्रदेश सरकारका मुख्य सचिवहरुलाई पनि सो सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरिएको पनि परिसंघका अध्यक्ष मोरले बताउनुभयो । नेपालको पूर्वाधार विकासमा आवश्यक बाह्य लगानी जुटाउने मूल उद्देश्यका साथ परिसंघले नेपाल सरकारसँगको सहकार्यमा सो शिखर सम्मेलन तेस्रो पटक पनि आयोजना गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *