Monday, September 23, 2019
Home > राष्ट्रिय समाचार > ललितपुर कला र संस्कृतिको ‘जीवित म्युजियम’

ललितपुर कला र संस्कृतिको ‘जीवित म्युजियम’

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा चित्रण गर्नु भएको छ ।

मन्त्री भट्टराईले ललितपुरको मंगलबजारमा आजबाट सुरु भएको ४ दिने ‘सार्क हस्तकला प्रर्दशनी तथा कार्याशाला गोष्ठी’ को उद्घाटन गर्दै ललितपुरलाई कला र संस्कृतिको जीवित म्युजिमयको रुपमा चित्रण गर्नु भएको हो । उहाँले ललितपुरसहित काठमाडौं उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री भट्टराईले कला र संस्कृतिको धनी भएकाले पनि नेपालमा पर्यटन विकासको अधिक सम्भावना रहेको पनि स्मरण गराउनु भयो । उहाँले कला र संस्कृतिको संरक्षण गरेर सरकारले मुलुकको समृद्धिमा योगदान दिन चाहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर विश्वकै सम्पदाहरुको नमूना सहर भएकाले यसको संरक्षणमा लागि परेको बताउनु भयो । ४ दिनसम्म चल्ने प्रर्दशनीमा बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्सलगायतका मुलुकको पनि स्टल राखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *