Monday, September 23, 2019
Home > खेलकुद समाचार > तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ संचालन हुने

तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ संचालन हुने

बेलबारी । मोरङको बेलबारीमा तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ संचालन हुने भएको छ ।

लक्ष्मीमार्गमा आजोजकले आज पत्रकार सम्मेलन गरी आगामी असोज ४ देखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक संस्था डाँगिहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले प्रतियोगिताले बेलबारीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने दाबी गर्नुभयो । प्रतियोगिताका संयोजक अजित अधिकारीले प्रतियोगिता नियमित रुपमा हरेक वर्षझैं सञ्चालन गरिएको भए पनि पुरस्कार र सहभागिताका हिसाबले प्रतियोगिता अघिल्ला वर्षहरुको भन्दा फरक हुने बताउनुभयो । बेलबारी नगरपालिका वार्ड नं ११ का वाडाध्यक्ष यामप्रसाद पोखरेलले नगरकै पहिचालनसित जोडिएको हुनाले सबै नगरवासीको उत्तिकै भूमिका रहने उल्लेख गर्नुभयो । बुद्धएयर मूख्य प्रायोजक रहेको प्रतियोगितामा नगरपालिकासहित विभिन्न संघ संस्थाहरुको सहप्रायोजन रहेको छ । विजेता टिमले ५ लाख नगदका साथमा मेडल तथा शिल्ड पाउने छ भने उपविजेताले दुईलाख पचास हजार शिल्ड तथा मेडल पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *