Monday, September 23, 2019
Home > खेलकुद समाचार > नादेझ्दा कप फुटबल : नेपाल फइनलमा

नादेझ्दा कप फुटबल : नेपाल फइनलमा

नेपाल किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गरेकी हुन् । सावित्राले खेलको ८५ औं मिनेटमा गोल गरेकी हुन् । गीता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन् । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ । नेपालले पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले बिहिबार हुने फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *