Monday, September 23, 2019
Home > राष्ट्रिय समाचार > सरकार लोकतान्त्रीक बिधिमा चल्नु पर्छ : देउवा

सरकार लोकतान्त्रीक बिधिमा चल्नु पर्छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार सरकार चल्नुपर्ने बताउनुभएको छ । काँग्रेसको दोश्रो चरणको जनजागरण अभियानमा सहभागि हुन आउनुभएका देउवाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुंदै सरकार आफुखुशी अघि बढेको आरोप लगाउनुभयो । उहांले दलहरुसंग छलफल नगरी सरकारले मिडिया काउन्सिल, मानव अधिकार लगायतका विधेयक ल्याएको आरोप लगाउनुभयो । सभापति देउवाले संचारजगतको अधिकार कटौतीगर्ने कार्य काँग्रेसलाई मान्य नहुने बताउहुंदै आफुहरु त्यस बिरुद्ध रहेको बताउनुभयो ।  संचारकर्मीले राखेको प्रश्नको जवाफ दिनुहुंदै सभापति देउवाले तोकिएको मितिमा कांग्रेसको राष्ट्रिय महाधिवेशन हुने दाबी गर्नुभयो । उहांले संघिय संरचनाअनुसार समिति गठन गरेर निर्धारित समयमा महाधिवेशन सम्पन्न गरिने वताउनुभयो । पार्टी भित्र हुने सानातिना विवादलाई लिएर कांग्रेसमा एकता छैन भन्न नमिल्ने बताउदै कांग्रेसलाई थप संगठित बनाउन आफू लागि परेको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *