Monday, September 23, 2019
Home > मुख्य समाचार > एनसेल कर बारे सांसदको चासो

एनसेल कर बारे सांसदको चासो

सांसदहरुले एनसेल कर बारे न्यायलयले गरेको आदेशको संसदले छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसद मोहन बानिया र यज्ञराज सुनुवारले राजश्व असुलीका सम्बन्धमा न्यायलयले गरेको फैसला क्षेत्राधिकार बाहिरको भएको भन्दै स्पष्ट छानविन हुनुपर्ने माग गर्नुभएको हो । सांसद मोहन बानियाले न्याय क्षेत्रबाट आफ्नो क्षेत्राधिकार मिच्ने काम भएको भन्दै क्षेत्राधिकार मिच्ने निकायलाई महाअभियोग लगाउनुपर्ने माग गर्नुभयो ।
सांसद यज्ञराज सुनुवारले विगतमा राज्यको गलत नीतिका कारण देश गरिब व्यक्ति धनी भएको चिनारी बनेको उल्लेख गर्दै एनसेलका बारेमा पछिल्लो दिनमा सर्वोच्च अदालतले गरेको आदेश बारे संसदले छानविन गर्नुपर्ने माग गर्नुभयो ।
सो फैसलाले एनसेल र यसका संञ्चालकलाई मात्रै नभई फैसला गर्ने र वरपरका लागि पनि फाईदा पुगेको भन्ने सर्वसाधरणबीच चर्चा हुन थालेको भन्दै उहाँले न्यायलयको सम्मानका लागि संसदले सो आदेशका बारेमा गम्भीर छानविन प्रक्रिया अघि बढाउन माग गर्नुभयो । त्यसैगरी विशेष समयमा बोल्दै सांसद खगराज अधिकारीले एनसेलको लाभांस कर कुनै पनि अवस्थामा असुली हुनुपर्ने धारणा राख्नुभयो ।
संसदमा एनसेलको लाभांस कर उठाउने सम्बन्धमा सांसदहरुले उठाएको आवाजको सुनुवाई गर्दै सम्बन्धित निकायले भ्रष्टाचार नियन्त्रणमा कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *