Monday, September 23, 2019
Home > विराटनगर समाचार > मेयर पराजुलीद्वारा बिराटनगरका सडकको अनुगमन

मेयर पराजुलीद्वारा बिराटनगरका सडकको अनुगमन

विराटनगर महानगरका मेयर भीम पराजुलीले दशै,तिहार अगावै नगरक्षेत्रका सडकसंग सम्वन्धित सवैखाले ब्यवधान हटाउन कर्मचारीलाई निर्देशन दिनु भएको छ । अनुगमनका क्रममा मेयर पराजुलीले दशै,तिहार अगावै बजार क्षेत्रको सडक पिच गर्ने काम गर्न र ब्यवधान भएका स्थानको निकास निकाल्न निर्देशन दिनु भएको हो । नगरका कतिपय स्थानमा तोकिएको मापदण्ड विपरित बनाइका घर, पर्खाल स्थानीयले नभत्काउदा सडकको ढल र नाला हाल्ने काममा ब्यवधान खडा भएको छ । कतिपय स्थानमा रहेका मन्दिर र धर्मशालाहरुका कारण समेत विराटनगरका सडकको काममा अवरोध भइरहेको छ । विकासका काममा साना तिना कुराले अवरोध गरेको भन्दै मेयर पराजुलीले सडक बिस्तार र विकासका काममा कुनै संझौता नगरिने बताउनु भयो । विराटनगरमा एशियाली विकास बैकको २ अर्ब ४२ करोडको आर्थिक सहयोगमा मझौला शहर एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगत नगरको भौतिक सुधारको काम भर्यरहेको छ । यस्तै क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गतका काम पनि जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *