Thursday, April 02, 2020
Home > खेलकुद समाचार > यस वर्षको ‘खेलकुद पत्रकारिता पुरस्कार’ राजु सिलवाललाई

यस वर्षको ‘खेलकुद पत्रकारिता पुरस्कार’ राजु सिलवाललाई

काठमाडौं । यस वर्षको ‘खेलकुद पत्रकारिता पुरस्कार’ राजु सिलवाललाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको २४ औं वार्षिकोत्सवको अवसर पारेर आज युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले २५ हजार नगदसहितको सो पुरस्कारबाट नेपाल टेलिभिजनमा कार्यरत पत्रकार सिल्वाललाई सम्मान गर्नुभएको हो । त्यसैगरी मंचले खेलकुद पत्रकार निशान राईलाई ‘सुमन भोम्जन स्मृति युवा खेलकुद पत्रकारिता’ पुरस्कारबाट सम्मान गरेको छ । दुवै पत्रकारहरुले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याएकाले सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *