Monday, April 06, 2020
Home > मुख्य समाचार > सांसद गौतमद्धारा स्वास्थ्यमन्त्रीको राजीनामा माग

सांसद गौतमद्धारा स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद संञ्जयकुमार गौतमले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा मन्त्रालय विषयवस्तुको गार्भियतामा संवेदनशील नबनेको भन्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजिनामा माग गर्नुभएको हो । डेंगुबारे यथार्थ जानकारी गराउन सभामुखले सरकारलाई रुलिङ्ग गरेपछि आफ्नो धारणा राखेका सांसद गौतमले रुलिङ्ग गरेर मात्रै नहुने भन्दै आक्रोश पोख्नुभयो । पछिल्लो तथ्याङ्क अनुसार, मुलुकभर ५ हजार जना डेंगुबाट संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *