Sunday, January 17, 2021
Home > राष्ट्रिय समाचार > रोल्पामा पहिरो : दुईको मृत्यु, ४ बेपत्ता

रोल्पामा पहिरो : दुईको मृत्यु, ४ बेपत्ता

रोल्पाको थबाङमा पहिरोले ६ जना पुरिएका छन । थबाङ २ छेर्लबाङमा गएराति आएको पहिरोले घर पुरेको हो ।
पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए। पहिरोबाट पुरिएका २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षका छोरा असलको शव पुरिएको अवस्थामा गाउँले र प्रहरीले आज बिहान फेला पारेका हुन । गाउँलेका अनुसार सुतेकै अवस्थामा पहिरोले पुरेपछि च्यापिको अवस्थामा उनीहरु मृत फेला परेका हुन्। अर्को परिवार भुइँतलाको कोठामा भएकाले पुरिएको हुनसक्ने अनुमान गरिएको छ। पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन् । उद्धारमा खटिएका गाउँलेले उनीहरु जीवितै फेला पर्ने सम्भावना कम रहेको बताएका छन । घरमा रहेका चौपाया पनि पुरिएका छन् । अहिले त्याहा उद्दार तथा खोजीको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *