Wednesday, April 01, 2020
Home > मुख्य समाचार > छापामा आएका समाचारको विषयलाई लिएर मन्त्री यादवद्धारा संचारजगत प्रति रोष प्रकट

छापामा आएका समाचारको विषयलाई लिएर मन्त्री यादवद्धारा संचारजगत प्रति रोष प्रकट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले छापामा आएका समाचारको विषयलाई लिएर संचारजगत प्रति रोष प्रकट गर्नुभएको छ ।

राजधानी काठमाण्डौमा आज आयोजित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सम्पूर्ण प्रेस जगतप्रति आक्रोश पोख्नुभएको हो । उहाँले पत्रिकाका मालिकहरु व्यापारी पनि भएकाले आफू अनुकुलका समाचार लेखाउने गरेको आरोप लगाउनुभयो । उहाँले कालोबजारी, तस्कर, भ्रष्ट र विगतमा देश लुटेको पैसा मिडियामा लगानी गरेकाहरु नै आफू र सरकारविरुद्ध उत्रिएको आरोपसमेत लगाउनुभयो ।  उहाँले मिडियाले समाचार छापेर आफूसँग पैसाको बार्गेनिङ गरेको पनि दाबी गर्नुभयो । राज्यको चौथो अंग भन्ने मिडिया सधै प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख उहाँले बार्गेनिङ गर्न खोज्नेप्रति ‘मिडिया म्यानेज’ गर्न नजाने बताउनुभयो ।

उहाँले जबरजस्ती पत्रिकाहरुले सरकारलाई साल्टट्रेडिङ्गको विरोधमा उभ्याउने काम गरेको आरोप पनि लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *