Sunday, August 09, 2020
Home > मुख्य समाचार > ओलीले सरकार सञ्चालन गरुन्जेल म अध्यक्ष : प्रचण्ड

ओलीले सरकार सञ्चालन गरुन्जेल म अध्यक्ष : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरुन्जेल आफु अध्यक्ष नै रहने वताउनु भएको छ ।
आज बिहान इलाममा भएको पत्रकार सम्मेलनका क्रममा उहाँले सल्लाह, छलफल र सहमतिले नै पार्टी एकिकरण भएको भन्दै अब पनि सहमतिकै आधारमा आफु अध्यक्ष भएर नै पार्टी चलाउने वताउनु भएको हो । पत्रकारहरुको प्रश्नमा उहाँले सहमति अनुसार अघि वढ्ने वताउनु भयो । सरकारका कामले अब गति लिने अध्यक्ष दाहालले बताउनुभयो । पार्टी एकीकरणको कामले गर्दा सरकारप्रति जनताको गुनासो आउनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले जनतालाई निराश नबन्न आग्रह गर्नुभयो ।
जति चाँडो पार्टी एकिकरण टुंगिने आशा गरिएको थियो त्यो अनुरुप नभएपनि अव पार्टी एकीकरणको काम अन्तिम चरणमा आएको दाहालले बताउनुभयो । फरक प्रसंगमा उहाँले सरकार प्रेसमैत्री भएको उल्लेख गर्दै प्रेसलाई अंकुश लगाउन हालको सरकार नलागेको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *