Thursday, September 24, 2020
Home > राष्ट्रिय समाचार > ठेकेदारको लापरवाहीले ठिमुरा–देवघाट जोड्ने पुल अलपत्र

ठेकेदारको लापरवाहीले ठिमुरा–देवघाट जोड्ने पुल अलपत्र

चितवनको भरतपुर महानगरपालिका १ ठिमुरामा निमार्ण थालिएको ठिमुरा देवघाट जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेको छ ।
२०७४ साल भित्रै सम्पन्न गर्नु पर्ने पुल हालसम्म ५ वटा खम्बामात्रै निमार्ण सम्पन्न भएको छ । २०७० साल कार्तिक २० गते निमार्ण सम्झौता भई ७४ कार्तिक १९ मा सम्पन्न गर्ने गरी १८ करोड ८१ लाख ७२ हजार मा निमार्ण सम्झौता भएको थियो । ईलाईट एडभेन्चर कम्पनिले निमार्णको जिम्मा पाएको हो । निमार्ण कम्पनिले कामनै नगर्ने गरेको र हिउद भरी दुई चार जना मात्रै मान्छे लगाएर ठेकेदारले कामलाई वेवास्ता गर्दा पुल निमार्णले गति नपाएको स्थानीयको भनाई छ । पुल बनेपछि तरेर देवघाट जाने आशामा रहेका स्थानीय अहिले निराश भएका छन । यता ठेकेदारले भने पैसा नपाएको,प्राबिधिक कठिनाई लगायतका कारणले काम गर्न नसकेको बताएको ठिमुरा देवघाट त्रिशुली माथि पक्कीपुल निमार्ण उपभोक्ता समितिका उपाध्यक्ष टंकनाथ पौडेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *