Saturday, August 08, 2020
Home > अन्तराष्ट्रिय समाचार > भारत र पाकिस्तानबीच युद्धको सम्भावना

भारत र पाकिस्तानबीच युद्धको सम्भावना

भारत र पाकिस्तानबीचको सम्बन्ध तिक्त बनिरहेको अवस्थामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले युद्धको अवस्था देखिएको बताउनुभएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्धको सम्भावना देखिएको बताउनुभएको हो । अलजजिरा संचार माध्यमलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भारतका विरूद्ध काश्मीरमा युद्ध हुन सक्ने बताउनुभयो । दुई आणविक देशबीच युद्धको खतरा बढिरहेको उहाँको भनाइ थियो । यसले विश्वमा नै मानवीय संकट उत्पन्न हुने उहाँले उल्लेख गर्नुभयो । भारतले कश्मीरको स्वायत्तता खोसेपछि त्यहाँ कफ्र्यूको अवस्था छ । लाखौँ सेना तैनाथ गरिएको छ भने संचार माध्यम र आवतजावतमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानले कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याए पनि त्यसको ठोस किसिमले सुनुवाई हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *