Wednesday, October 28, 2020
Home > खेलकुद समाचार > एन्फा एकेडेमी कप ः धरान सेमिफाइनलमा

एन्फा एकेडेमी कप ः धरान सेमिफाइनलमा

एन्फा एकेडेमी धरानको खेल मैदानमा जारी यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा एकेडेमी धरान सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा एन्फा एकेडेमीले उदयपुरलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फाका लागि सोहन सिंताङ, असिमजंग कार्की र विश्वास ओझाले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच एन्फा एकेडेमीका युनिस बुढाथोकी घोषित भए । अघिल्लो खेलमा एन्फा एकेडेमी धरानले इटहरीको राष्ट्रिय जागृति फुटबल एकेडेमीलाई १०–० गोल अन्तरले पराजित गरेको थियो । भोलिको पहिलो सेमिफाइनल खेल एम्ब्रीय एकेडेमी मोरङ र मेचि नेत्रालय झापाबीच हुनेछ । प्रतियोगितामा १० वटा फुटबल एकेडेमी टिमले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगद पुरस्कार पाँउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *