Wednesday, May 27, 2020
Home > मुख्य समाचार > सन्थाल समुदायले मनाए छत्ता पूजा

सन्थाल समुदायले मनाए छत्ता पूजा

मोरङका सन्थाल समुदायले शक्तिको उपासना गर्दै पारम्परिक छत्ता पूजा मनाएका छन् । यो पूजामा नारीलाई शक्तीको प्रतिक मानेर भक्ती साधना गर्ने प्रचलन छ ।
नृत्यमार्फत शक्तीको उपासना गर्दै सन्थाल समुदायले मनाउने छत्ता पूजा सम्पन्न भएको छ । रंगेली नगरपालिका–५ आमतोलामा आयोजित पूजामा हजारौ सन्थाल सहभागी भए । प्रत्येक वर्ष भदौ २८ गते यो पर्व मनाउने गरिएको छ । यो पूजामा बाँसको लिङ्गोमा रंगीचंगी कागजले बनाइएको छात्ताको आकृति झुण्ड्याएर पुजा–अराधना गर्ने गरिन्छ । सन्थाल समुदाय प्रकृति पुजक भएकाले कुनै पनि देवीदेउताको मूर्ति नराखी निराकार शक्तीलाई पूजा गरिन्छ । पान, सुपारी, सिन्दुर र धुपले पूजा गर्दै लिङ्गो अगाडी धानको लावा छर्ने गरिन्छ । नृत्यमार्फत नै देवीको उपासना गर्ने प्रचलन भएका कारण झापा, मोरङ, सुनसरीमा बसोबास गर्ने सन्थाल समुदायका मानिसहरु नृत्य टोलीसहित आमतोला पुगेका थिए । मौलिक पोशाकमा सहभागी भएका उनीहरुले समूहगत रुपमा नृत्य प्रस्तुत गरेका थिए ।
नृत्यमा सहभागी समूहका मानिसहरुले कुखुरा र परेवालगायतका पंक्षीको प्वाँखबाट बनाइएको आर्कषक शिंउर फेटामा उनेका थिए । कतिपय समुहले भने नेपालको झण्डा शिरमा राखेर नृत्य प्रस्तुत गरेका थिए । शक्तीकी देवीलाई खुशी तुल्याउन यसप्रकारको नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको आयोजक समितिका परमेश्वर मुर्मुले बताउनुभयो ।
आमतोला क्षेत्रमा जंगल रहेकै अवस्थादेखि मनाइँदै आएको छत्ता पुजामा सहभागि हुने नृत्य समुहको टोलीलाई पछिल्लो समय आयोजक समितिले पुरस्कृतसमेत गर्न थालेको छ । सहभागि टोलीको नृत्य प्रस्तुतीलाई निर्णायकको माध्यमबाट छनौट गरि आयोजक समितिले पुरस्कृत गर्न थालेको हो । मौलिक संस्कृति लोप हुनबाट जोगाउने प्रयासस्वरुप नगदसहित पुरस्कृत गर्न थालिएको छत्ता पुजा कार्यक्रम संयोजक लक्खीराम मुर्मुले जानकारी दिनुभयो । सहभागिले लगाएको पोशाक, प्रस्तुती र मौलिकता हेरेर पुरस्कृत गर्ने गरिएको उहाँको भनाई छ ।
यसवर्षको नृत्य प्रस्तुतीमा झापा गौरीगञ्ज–२ कोरोबारीको जियोड झरना युवा क्लब प्रथम, मोरङ रंगेली–३ दौलतपुरको श्री सृजन बाबा जनम देलेग समुह दोश्रो र तेस्रो झापा गौरीगञ्जका सगरमाथा सन्थाली अमर क्लब भएको छ । ती समुहहरुलाई क्रमशः ११ हजार ५१, १० हजार ५१ हजार र ९ हजार ५१ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *