Thursday, February 27, 2020
Home > खेलकुद समाचार > १६ सदस्यीय नेपाली कराते टोली मलेसियातर्फ प्रस्थान

१६ सदस्यीय नेपाली कराते टोली मलेसियातर्फ प्रस्थान

काठमाडौं । पाँचौं विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।

असोज २ देखि ६ गतेसम्म मलेसियाको कोलालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दिपेश अधिकारीले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । निरज घिमिरेले ४५ केजी, नीता तामाङले ५५ केजी, सुरज तामाङले ६५ केजी, सरोज कार्कीले ७५ केजी, सरलराज तामाङले ५५ केजी, करुणा कामीले ५० केजी, आरती गुरुङले ५५ केजी र सुमिना थापा मगरले ५० केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यसैगरी अफिसियलमा रोहित क्षेत्री, डेभिड गुरुङ, सजना कुँवर, सपना कार्की र राजीव श्रेष्ठ छन् । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सुमन तिमल्सिनाले निर्वाह गर्नेछन् । टोलीलाई जापान गोजुरियो कराते डो केन्बोकाइ संघका अध्यक्ष विदुर कुँवरले आजै बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *