Wednesday, May 27, 2020
Home > मुख्य समाचार > नेपालको संबिधान विश्वकै अनुपम दस्ताबेज : नेता नेपाल

नेपालको संबिधान विश्वकै अनुपम दस्ताबेज : नेता नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको दाबी गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गर्नुभयो । संविधान दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको पनि स्पष्ट पार्नु भयो । संविधानमा व्यवस्था भएबमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्ने÷नसक्ने बहसको विषय भए पनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ ।
वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउने संकल्पसहित आएको नेपालको संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो । उहाँले संविधानसभाबाट संविधान जारी गरेर नेपालले विश्वमै गर्व गर्न लायक काम गरेको पनि स्मरण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *