Friday, November 27, 2020
Home > मुख्य समाचार > संविधान दिवसको दिन १ नम्बर प्रदेश सरकारको विशेष कार्यक्रम

संविधान दिवसको दिन १ नम्बर प्रदेश सरकारको विशेष कार्यक्रम

विराटनगर । संविधान दिवसको अवसरमा १ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेश १ सरकारले संविधान दिवस भव्यरुपमा विराटनगरको सहिद मैदानमा मनाएको छ । दिवसका अवसरमा विराटनगरका विभिन्न स्थानबाट विभिन्न समुुदाय आ–आफनो पहिरनमा कलश यात्रासहित कार्यक्रमस्थलमा सहभागी भएका थिए । विराटनगरको शहीद रंगशालामा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले मार्चपाससहित गीत र नृत्य प्रस्तुत गरेका थिए ।  संविधान दिवसलाई सफल बनाउन धिमाल, राई, लिम्बू, सतार, बाँतर, थारु, नेवार समुदायसहित बालबालिकाहरुले पनि झाँकी प्रदर्शन गरेका थिए । उत्कृष्ट झाँकी प्रदर्शन गर्नेहरुलाई पुरस्कृत पनि गरिएको छ । समारोहमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माइला अर्थात प्रदिपकुमार राई, २४ पटक सगरमाथा आरोहण गरेर विश्वकृतिमान कायम गर्न सफल कामिरिता शेर्पा र अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई नगद ५,५ लाखसहित सम्मान गरिएको छ । उहाँहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले सम्मान गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधानको संस्थागत विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *