Wednesday, October 21, 2020
Home > राष्ट्रिय समाचार > जितियाको रौनक सुरु

जितियाको रौनक सुरु

आश्विन कृष्ण अष्टमी तिथि भरि उपवास बसेर मनाइने जितिया पर्वको रौनक सुरु भएको छ ।

विशेष गरी मैथिल र थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउने गर्दछन । यो पर्वमा जिउत वाहन देवताको पुजा गरिने भएकाले यस पर्वलाई जितिया पर्व भन्न थालिएको मान्यता छ । जितिया पर्व मनाउदा जस्तो सुकै आपत विपतमा पनि सन्तान सुरक्षित रहने धार्मिक विश्वास छ । आश्विन सप्तमीका दिन व्रतालुहरु महिलाहरुले नजिकको पोखरी वा नदीमा स्नान गरी घिरौलाको पातमा पिना र तेल राखेर जितुमत वाहनलाई पुजा आरधना गर्ने गर्दछन । पुजा आराधना पछि व्रतालुहरु घर फर्की विधि पूर्वक जितुवाहन,चिल,स्यालको पुजा गरेर प्रसाद चढाउने गर्छन । पितृ पक्षको अवधिमा यो व्रत मनाउने गरिएकाले यो पर्वलाई पितृ आराधनाको रुपमा समेत लिने गरिन्छ । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बस्ने गरिन्छ । नवमी तिथिमा स्नान गरि पवित्र भई पूर्ववत जितवाहन लगायत दिवंगत महिलाहरुलाई नैवेद्य अपर्ण गरिन्छ । यसरी नवमी तिथिमा व्रत समाप्त गरिन्छ । यस पर्वमा व्रतालुहरुले थुक समेत निल्न नहुने विश्वास रहि आएको छ । मिथिलाञ्चलमा सबै भन्दा कठिन व्रतको रुपमा जितिया पर्वलाई लिने गरिन्छ । जितियापर्व यही आइतबार परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *