Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > मुर्ती सेलाउन गएका एक ब्यक्तिको डूबेर मृत्यू

मुर्ती सेलाउन गएका एक ब्यक्तिको डूबेर मृत्यू

मोरङ । मोरङको कटहरी गाँउपालिकामा मुर्ती सेलाउन गएका एक ब्यक्तिको डूबेर मृत्यू भएको छ ।

कटहरी–५ का ४० बर्षिय जोगनारायण उराँवको स्थानिय सुखानी खोलामा डूबेर मृत्यू भएको हो । बिहीबार साँझ गाँउमै आयोजना गरिएको विश्वकर्मा पुजाको मुर्ती सेलाउन गएका उनि खोलामा डूबेर बेपत्ता भएका थिए । कटहरी–५ कै सुखानी पुल नजिक अन्य ब्यक्तीहरुसंगै खोलामा पसेका उनि डूबेर बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ । सो ठांउमा उराँव डूबेको भएपनि संगै गएका अन्यले थाहा पाउन नसकेको बताइन्छ । उनि डूबेको ठाँउभन्दा २ किलोमिटर दक्षिण सोहि खोलामा मृत भेटिएका छन । आज बिहान जीतिया पर्वका लागि महिलाहरु सो खोलामा नुहाउन पुग्दा बग्दै गरेको शव देखेर प्र्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *