Monday, April 06, 2020
Home > मुख्य समाचार > रेशमलाल चौधरीलाई रिहाइ गर्न नेकपा सहमत भएको खुलासा

रेशमलाल चौधरीलाई रिहाइ गर्न नेकपा सहमत भएको खुलासा

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कैलालीको टीकापुर घटनामा बन्दी जीवन बिताइरहेका रेशमलाल चौधरी छिट्टै मुक्त हुने बताउनु भएको छ । सुनसरीको झुम्कामा आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दे उहाँले टिकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने पनि बताउनु भयो । सो विषयमा पार्टी भित्र सैद्धान्तिक निर्णय भैसकेको बताउदै दाहालले निर्णय कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । रेशमलाल चौधरी तर्फ लक्षित गर्दै दाहालले जनमत पाएर निर्वाचित सांसदलाई स–सम्मान राजनीतिमा ल्याउने वातावरण बनाइने बताउनु भएको हो । जसकालागि पार्टी पंक्ति लागि परेको उहाँको भनाई थियो ।
थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको जितिया महोत्सवलाई नेकपाका प्रदेश संयोजक भीम आचार्यसहित कृषि तथा पशुपन्छी बिकास राज्य मन्त्री रामकुमारी चौधरी लगायतले सम्बोधन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *