Sunday, January 17, 2021
Home > मुख्य समाचार > पूर्व–पश्चिम महेन्द्रराजमार्गमा भएका दुर्घटनामा परि ६ जनाको मृत्यु

पूर्व–पश्चिम महेन्द्रराजमार्गमा भएका दुर्घटनामा परि ६ जनाको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम महेन्द्रराजमार्गको दुई स्थानमा सोमबार राति भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भएको छ । सोमबार राति १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।कार दुर्घटनामा मृत्युहुनेमा नवलपरासीको देबचुलीका ३५ वर्षीय पूर्णबहादुर बिक, २९ वर्षीया हिरा राना, ३१ वर्षीया दिपेश राना, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस अरुणखोलामा पल्टिँदा बसका चालक हेटौंडाका लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३९ जना घाइते भएका छन । चालक निदाएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *