Monday, April 06, 2020
Home > राष्ट्रिय समाचार > ‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग

‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । नेपाल शिक्षक महासंघले ‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षक अस्पतालको छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको हो । आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको पनि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरिएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो । महासंघले शिक्षकहरुको दरबन्दी मिलान, उनीहरुलाई निजामती कर्मचारीहरुको भन्दा बढी सेवा, सुविधासहितको तलवको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएको छ । शिक्षण पेशालाई मर्यादित बनाउन पनि सरकारले उनीहरुको सेवा, सुविधा वृद्धिमा विशेष व्यवस्था गर्नुपर्ने माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिइएको महासंघका अध्यक्ष थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *